राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

३ हप्ता अगाडि

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाललाई बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठक सीईओमा नियुक्त गरेको हो । 

सीईओका लागि १९ जनाले आवेदन दिएका थिए । १९ जनाबाट ५ जना छनोट गरेर अन्तरवार्ता गरिएको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए । यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका थिए । श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी बैंक सेवाबाट निवृत्त भएका हुन् ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम (का.मु.) को जिम्वेवारी तोकिएको थियो ।

३ हप्ता अगाडि

प्रतिक्रिया