CF MOTO को टेष्ट ड्राइभ तथा बुकिङ्ग शुरु

विहीबार, १० जेठ २०८१, १६ : ३०

काठमाडौँ - विश्व विख्यात २ पाङ्गे ब्रान्ड CF MOTO tyf ZEEHO  ब्रान्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स   ग्रुर्प अन्तर्गतको ऋषि  ट्रे्ड सेन्टरले CF MOTO sf] NK 250 , SR 250, NK 450 tyf ZEEHO sf] AE6 LR  (डबल ब्याट्री) र City Sports मोडलहरु सार्वजनिक गरे सँगै टेष्ट ड्राइभ तथा बुकिङ्ग खुल्ला गरेको छ ।

CF MOTO  को उत्पादनहरुलाई उत्कृष्ट विक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता,After sale service   र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले नेपालकै प्रतिष्ठित तथा अग्रणी व्यापारिक समूह रिलायन्स ग्रुप CF MOTO   तथा ZEEHO लाई नयाँ रुपमा विक्री वितरणको रणनीति सहित नयाँ आधिकारिक विक्रेताको रुपमा छनोट भएको हो । विभिन्न उमेर समूह लक्षित CF MOTO का उत्पादन र विद्युतिय सवारी साधन रोज्नेहरुका लागि ZEEHO ब्रान्डले नेपालमा नयाँ कोशेढुङ्गा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ ।

CF MOTO  तथा ZEEHO का उत्पादनहरुको त्भकत म्चष्खभ तथा बुकिङ्ग गर्न कम्पनीको नक्साल  झम्सीखेल तथा सल्लाघारी स्थित आधिकारिक शोरुममा गर्न सकिने जानकारी कम्पनीले जनाएको छ । नयाँ आधिकारिक वितरक नियुक्त भए सगै ऋषि ट्रेड सेन्टरले  CF MOTO तथा ZEEHO लाई नेपालकै अग्रणी २ पाङ्ग्रे  बनाउने ध्येयले समय सापेक्षिक योजना तथा उत्पादनहरु सार्वजनीक गर्ने पनि जनाएको छ । जस अन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरुको शुरुवात पनि गरिएको छ । 

विहीबार, १० जेठ २०८१, १६ : ३०

प्रतिक्रिया