दराजलाई टाटा एस ईभी हस्तान्तरण

शुक्रबार, ११ जेठ २०८१, १२ : २४

काठमाडौँ - काठमाडौंमा आयोजित विशेष समारोहमा दराजलाई टाटा एस ईभी हस्तान्तरण गरिएको हो । दराजले गत वर्ष दुई वटा टाटा एस ईभी ल्याएको थियो। यो एक वर्षको अवधिमा थपेर १५ गाडी पुर्‍याएको हो ।

नवीन र वातावरणमैत्री ढुवानीका विकल्प रोजी दिगो विकासमा टेवा पुर्‍याउने टाटा एस ईभी प्रयोगमा ल्याइएको दराज नेपालले जनाएको छ। कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ ट्रेडिङ कमर्सियल भेहिकल युनिटका सिनियर जीएम अनुपमणि ढकालले दराजलाई १५औं टाटा एस ईभी प्रदान गर्न पाउँदा खुशी लागेको बताए । दराज नेपालको तर्फबाट बोल्दै दराज एक्सप्रेसका प्रमुख सन्तोष विष्टले दीर्घकालीन रुपमा लागतलाई कम गर्न टाटा एस ईभी प्रयोग गरिएको बताए ।
 

शुक्रबार, ११ जेठ २०८१, १२ : २४

प्रतिक्रिया