बीएमडब्ल्यूको एसएभी नेपालमा, बिक्री मूल्य १ करोड ४९ लाख ९६ हजार रुपैयाँ

३ हप्ता अगाडि

काठमाडौं- पछिल्लो समय नेपाली बजारमा लग्जरी इलेक्टीक कार भित्रिने क्रम तीव्र छ । व्यवसायीहरूले हप्तैपिच्छे नयाँ नयाँ ब्राण्डका ईभी नेपाल ल्याइरहेका छन् ।

यसैक्रममा, जर्मनी लग्जरी अटोमोबाइल ब्राण्ड बीएमडब्ल्यूको आइएक्स वान इलेक्ट्रीक स्पोर्ट्स एक्टीभ भेहिकल (एसएभी) नेपाल भित्रिएको छ । नेपालका लागि बीएमडब्ल्यूको आधिकारिक वितरक लक्ष्मी प्रिमियमले उक्त लग्जरी एसएभी ल्याएको हो । नेपाली बजारमा बीएमडब्ल्यू कम्प्याक्ट एसयूभी सेग्मेन्टको यो एसयूभीमा बीएमडब्ल्यूको पाँचौ जेनेरेशनको ईड्राइभ २० टेक्नलोजीको प्रयोग भएको छ । यो ईभीमा १५० किलोवाटको फ्रन्ट ड्राइभ इलेक्ट्रीक मोटर रहेको छ । जसले २०४ हर्सपावर तथा २५० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

यो ईभीले ८.६ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ भने टप स्पीड १७० किलोमिटर प्रतिघण्टा रहेको छ । बीएमडब्ल्यू आइएक्स वानमा ६४.७८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसको डब्ल्यूएलटीपी रेन्ज ४३० किलोमिटर रहेको छ । यो ईभीलाई ११ किलोवाटको एसी चार्जरले शून्यबाट १०० प्रतिशत चार्ज गर्न ६।५ घण्टा लाग्छ भने १३० किलोवाटको फास्ट चार्जरले चार्ज गर्दा जम्मा २९ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । निकै प्रिमियम फिचरहरू रहेको यो एसएभीमा टुजोन अटोमेटिक एसी, प्यानारोमिक सनरुफ, एम्बीयन्ट लाइट, १२ वटा स्पीकर सहितको हर्मन कार्डनको साउण्ड सिस्टम, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, १०.२५ को ड्राइभर इन्फर्मेसन डिस्प्ले र १०.७ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन सहितको कर्भ ड्युल डिस्प्ले रहेको छ ।

सुरक्षाको लागि यो एसएभीमा एबीएस, ब्रेकअसिस्ट, पार्किङ असिस्ट, ६ वटा एयरब्याग तथा लेटेस्ट ड्राइभ असिस्टेन्ट टेक्नलोजी छ । यो ईभीको लम्बाइ ४५०० एमएम, चौडाइ १८४५ एमएम, उचाइ १६१२ एमएम तथा २६९२ एमएमको ह्वीलबेस रहेको छ । नेपाली बजारमा यो एसयूभीको मूल्य १ करोड ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । लक्ष्मी प्रिमियमले सन् २०२० देखि काठमाडौंको तीनकुनेमा बीएमडब्ल्यू मोटर्सको अन्तर्राष्टिय स्तरको शोरुम संचालन गरिरहेको छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया