दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा १२ जना घाइते

३ हप्ता अगाडि

काठमाडौँ- दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । डब्लिन एयरपोर्ट अपरेटर डीएएअनुसार, बोइङ ७८७-९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्बुलेन्सको सामना गरेको हो ।

कतार एयरवेजको फ्लाइट क्यूआर ०१७ स्थानीय समय अनुसार १ बजे अवतरण भएको थियो । त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपत्कालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए । रिपोर्टका अनुसार, टर्बुलेन्सका कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमध्ये आठ जनालाई अस्पताल लगिएको छ। डीएएले एयरपोर्टमा उडान सञ्चालनमा कुनै असर नपरेको र उडानहरू समयमै आइपुगेको बताएको छ। कतार एयरवेजले भन्यो, ‘उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।’ यस हप्ताको सुरुमा, सिंगापुरका लागि उडेको विमानमा टर्बुलेन्सका कारण एक ७३ वर्षीय बेलायती नागरिकको मृत्यु भयो। यस क्रममा १०० भन्दा बढी यात्रु घाइते भएका थिए । यसमध्ये २० जनालाई स्पाइनल इन्जुरीका कारण आईसीयूमा राखिएको थियो ।

-एजेन्सी

३ हप्ता अगाडि

प्रतिक्रिया