जिन्दगीको संकटबाट माथि उठेर सन्दिपको किर्तिमान

१ महिना अगाडि

काठमाडाैं- नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।

योसँगै उनी टी२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले ५४ टी -२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ ।

उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दीप टी -२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।बलात्कारको आरोप खेपेर लामो समयदेखि लडिरहेको लामिछानेले एउटा नयाँ  इतिहास रच्न  सफल भएका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया