काठमाडौं -लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले डिम्याट खाता नवीकरणका लागि आग्रह गरेको छ । साविक लक्ष्मी क्यापिटल लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड एक आपसमा गाभिएर बनेको लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले २०८०/८१ सम्म हितग्राही खाता खोलेका सदस्यहरूलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरिएको हो ।
हितग्राही खाता खोलेका सदस्यहरूले वार्षिक सञ्चालक शुल्क वापत् १०० रूपैयाँ जम्मा गर्न क्यापिटलले आग्रह गरेको हो । सनराइज बैंकको नजिकको कार्यालयमा गई कम्पनीको लक्ष्मी सनराईज बैंक लिमिटेडको हात्तिसार शाखामा रहेको खाता नम्बर ००५११००९९६८ मा नविकरण शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको हो । आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक शुल्क बझाउन बाँकी रहेका डिम्याट खाता रोक्का रहेको हुँदा वार्षिक शुल्क बुझाई डिम्याट खाता सूचारु गराउन क्यापिटलले भनेको हो ।
प्रतिक्रिया