मुक्तिनाथ विकास बैंक र स्काइवाक टावरबिच सम्झौता

आइतबार, २० जेठ २०८१, १७ : २०

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर”को टिकट खरिदमा छुट हुने भएको छ ।  

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट  प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग द्धारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्नेछ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।      
 

आइतबार, २० जेठ २०८१, १७ : २०

प्रतिक्रिया