त्रिवेणी मोटोकर्पको ई.भी. शो- रुम उद्द्घाटन

सोमबार, २१ जेठ २०८१, १२ : ५७

काठमाडौँ - त्रिवेणी मोटोकर्प प्रा.लि.ले ललितपुरको बालकु‌मारीमा डोव्रफे इलेक्ट्रि‌क लेहिकन्सको लागि शो-रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोठोकर्प, चीनको डोड्रफेड़ अटोमोवाईल कंम्पनी लिमिटेड बाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कंपनीले इलेक्ट्रि‌क मेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो । 

डोङ्गफेङ्ग अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा विक्रि वितरण हुदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोङ्गफेङ्ग इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु विक्रि वितरण सुरुगरेको छ। विजुली गाडीको प्रर्वधन मार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ । ११ सिट क्षमताको ई.भी. माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी रेञ्ज प्रदान गर्दछ । 

1717398396991

त्यसैगरी १४ सिट क्षमताको ई.भी. माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी. को रेञ्ज प्रदान गर्दछ । डोव्रफेङ्ग का सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्यादि जडित रहेका छन् । कंम्पनीले उक्त रुजहरु ४० कि.मी. प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाठोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाईने जनाएको छ । त्रिवेणी मोटोकर्प प्रा.लि. ले डोड्रफेङ्ग इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ ।

सवै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कंम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ्ग स्टेशनहरु आफ्‌ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ । त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स कं. प्रा.लि., ईटहरीमा ईष्टर्न मोटर्स प्रा.लि., जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प प्रा.लि., पोखरामा अटोवेज प्रा.लि., धनगढीमा प्राप्ती मोटर्स प्रा।लि, नारायणघाटमा स्मार्ट अटो प्रा.लि., ललितपुरमा स्मार्ट अटो प्रा.लि., भक्तपुरमा जी.इ.भी. नेपाल प्रा.लि. मार्फत आफ्‌ना गाडीहरुको वजारीकरण गरिने जनाएको छ । 

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसवाट विक्रि पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्जीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग डोङ्गफेङ्ग गाडी छनौट गर्न सक्नुहुनेछ भनी कंपनीले जनाएको छ । कंपनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध पनि गरेको छ ।
 

सोमबार, २१ जेठ २०८१, १२ : ५७

प्रतिक्रिया