प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबिच सम्झौता

सोमबार, २१ जेठ २०८१, १७ : ५०

काठमाडौँ - प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस बिच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने  Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal” “ नामक परियोजनाका लागि सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा USAID Trade & Competitiveness  का तर्फबाट प्रतिनिधि श्री मार्कस् मुलर ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन ज्युले हस्ताक्षर गरे  । सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

सोमबार, २१ जेठ २०८१, १७ : ५०

प्रतिक्रिया