वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई उडानमा प्रतिबन्ध

मंगलबार, २२ जेठ २०८१, १० : २२

काठमाडौं- नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले हवाई सुरक्षामा असर पर्ने काम गरेको भन्दै वाइडबडी 'ए ३३०' का वरिष्ठ पाइलट विजय लामा र 'एयरबस ३२०' की भावना पन्तलाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएको हो। लामा 'ए ३३०' को प्रशिक्षक पाइलटसमेत हुन्। प्राधिकणले हवाई सुरक्षामा गम्भीर असर गर्ने काम गरेको भन्दै अर्को सूचना नहुँदासम्मका लागि उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ।

मंगलबार, २२ जेठ २०८१, १० : २२

प्रतिक्रिया