काठमाडौं - विद्युतीय गाडी वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नबिल बैंकसँग साझेदारीको घोषणा गरेको छ । वुलिङ्ग बिंगो ईभीमा रुचि राख्ने ग्राहकका लागि वित्तीय सुविधा उपलब्ध गराउन, नेपाली ग्राहकको पहुँचमा पुर्याउने र आर्थिक सहजता प्रदान गर्न साझेदारी गरिएको हो ।
यो साझेदारीले वुलिङ बिंगो ईभी परिवारमा सामेल हुन चाहने ग्राहकले अब नबिल बैंकको वित्तीय सुविधाबाट लाभान्वित हुन सक्ने छन् । जसमा ७ वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशत सम्मको फाइनान्सिङ सुविधा लगायतका सुविधा यसमा छन् । ग्राहकले ५ वर्षको लागि ९।९९ प्रतिशत र ७ वर्षको लागि १०.४९ प्रतिशतको स्थिर ब्याजदर, वा आधार दर प्रिमियम मोडलमा आधारित अस्थिर ब्याज दर ९१–३५ को प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दर० बीच छनौट गर्न सक्नेछन् ।
बैंकले व्यक्तिगत कर्जाको लागि भ्याट बिलको ८० प्रतिशत सम्म र फर्मका लागि ७० प्रतिशत सम्म फाइनान्सिङ गर्नेछ, जसको वित्तीय सीमा २५ लाख रुपैयाँ रहेको छ । अटो लोनको अवधि बैंकको नीति अनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फि सहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्छ ।
चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङले सेनाका उपकरण मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टर उत्पादन गर्ने काम गरेको थियो । १९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङले गाडी उत्पादनमा प्रवेश गर्यो । सन् २००२ मा एसएआईसी, जीएम र वुलिङ मिलेर संयुक्त उद्यम स्थापना गरेका थिए, जसले वुलिङ होङगुवाङ एमपीभी र होङगुवाङ मिनी ईभीको सफल नेतृत्व ग¥यो ।
प्रतिक्रिया