काठमाडौँ - कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधामध्ये ब्रान्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण कर्मचारी तथा ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।
प्रतिक्रिया