काठमाडौँ - बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । विहीबार मात्रै यहि उपकरण मार्फत ४० अर्ब तानेको केन्द्रिय बैंकले शुक्रबार थप ३० अर्ब तान्ने भएको हो ।
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले एक सातामा मात्रै निक्षेप संकलन उपकरण मार्फत तेस्रो पटक वित्तीय प्रणालीको तरलता खिच्न लागेको हो। बैंकले बिहीबार ४० अर्ब र गत शुक्रबार १२ अर्ब १५ करोड रुपैयाँ तानेको थियो। केन्द्रीय बैंकले शुक्रबारका पनि १४ दिन अवधिको ३० अर्बको निक्षेप संकलन गर्ने जनाएको छ ।
प्रतिक्रिया