राष्ट्र बैंकद्वारा आगामी आवको मौद्रिक नीतिमा सुझाव माग

आइतबार, २७ जेठ २०८१, १२ : ४३

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव माग गरेको छ।आर्थिक अनुसन्धान विभागले आव २०८१\८२को मौद्रिक नीतिमा राय सुझाव माग गरेको हो।

आगामी असार १६ सम्म सुझाव दिन सकिने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले ल्याएको बजेटलाई कार्यान्वयनमा सहयोग पुग्ने गरी आगामी वर्षको मौद्रिक नीति ल्याउने बताउँदै आएका छन् । पछिल्लो समय अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएकाले आगामी वर्षको मौद्रिक नीति खुकुलो बनाउँदै अधिकारीले सार्वजनिक रुपमै बताउँदै आएका छन्।  चालू आर्थिक वर्षको तेस्रो समीक्षामा समेत केही मौद्रिक नीतिमा केही लचकता अपनाएको छ।
 

आइतबार, २७ जेठ २०८१, १२ : ४३

प्रतिक्रिया