अवैध सुनसहित ४ जना पक्राउ

आइतबार, २७ जेठ २०८१, १७ : ३९

काठमाडौँ - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना व्यक्ति पक्राउ परेका छन् । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा दुई फरक घटनामा ४ जना पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन ।  सरोज कोइराला र मोहम्मद इन्तेयाज आलम २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित पक्राउ गरेका हुन् । कोइरालाले भन्सार छली ल्याएको सुन आलमलाई दिने क्रममा दुवै जना पक्राउ परेका हुन् । कोइराला कतार एयरमाफर्त नेपाल आएका थिए ।    

आइतबार, २७ जेठ २०८१, १७ : ३९

प्रतिक्रिया