काठमाडाैं आज वि।सं।२०८१ साल जेठ महिनाको २८ गते सोमबार, ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि ।
मेष
तपाइको आजको दिन सुखको अनुभूति गर्नु हुने छ । आर्थिक कारोबार, सेयर बजार र व्यवसायिक सफलता हात लाग्न सक्ने छ। झैझगडाको अवस्था आउने भएकाले संयमित रहनु भने पर्ने छ । पेशागत जीवनमा उचार चढाव देखा पर्ने भएकाले संयमित रहनु होला । दाम्पत्य जीवनमा पनि बादबिबादको क्रम रहने छ ।
वृष
लगानी डुब्न सक्ने अबस्था नआउला भन्न सकिन्न । पेशागत जीवनमा अनपेक्षित समस्याहरु देखा पर्न जाने छन् । धेरै जोखिमपूर्ण लगानीका निर्णयहरु नलिँदा उपयुक्त हुने देखिन्छ । दुविधात्मक व्यक्तित्व हुने भएकाले अरुले भरोषा गर्ने छैनन् । शेयर क्षेत्र औसत खालको हुने छ ।
मिथुन
शारीरिक चोटपटकको चुनौति देखिन्छ । रोजगारी तथा व्यावसाय दुबै क्षेत्रमा समय सकारात्मक रहेको छ । शेयर क्षेत्र सकारात्मक रहने छ । मनमा दृढता आउने छ भने मनमा स्थिरता रहने छ । जति मानसिक पक्ष सवल हुने छ सोही रुपमा शारीरिक अवस्था भने रहने छैन् ।
कर्कट
पेशागत क्षेत्रमा भने स्थिरता कायम रहँने हुँदा केही राहत मिल्ने छ । साझेदारीमा गरिएका काममा बिबाद चर्किन जाने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र भने सकारात्मकतर्फ नै अघि बढ्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउने छ । समय संयमित भएर पाईला चाल्नु पर्ने समय सक्रिय छ ।
सिंह
पारीवारिक जीवनमा द्वन्दात्मक वातावरण देखा पर्ने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाष आउने छ । भाग्यको साथ नरहेकाले कठिनाईहरु सामना गर्नु पर्ने छ । समय प्रतिकुल प्रकृतिको भएकाले संयमित रहनु होला । शेयर क्षेत्र सकारात्मक रहने छैन् ।
कन्या
आम्दानीमा औसत समय चलिरहेको छ । आम्दानी बढाउनका लागि अस्वाभाविक दबाब नलिँदा ठिक हुने समय छ । पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । अध्यन अध्यापनमा भने मन जाने छ । चुनौतिपूर्ण पेशामा आवद्धहरुले उच्चसतर्क रहनु पर्ने समय छ । शेयर बजार सकारात्मक रहने छ ।
तुला
आर्थिक वृद्धि बढ्ने छ । आम्दानीको सुख प्राप्त होला । पति पत्निबीच विवाद उत्पन्न हुन सक्छ । शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तित्व बन्ने छ । समय प्रतिकुल चलिरहेकाले संयमताको खाँचो पर्ने देखिन्छ ।
वृश्चिक
शेयर क्षेत्र सकारात्मक तर्फ नै रहने भएता पनि धेरै उत्साहि हुने समय देखिँदैन् । पैतृक सम्पत्ति तथा आफुले कमाएर सञ्चित गरेको धनमा समस्या उत्पन्न हुने छ । यसलाई लिएर द्वन्द चर्किन पुग्ने छ । दुविधात्मक व्यक्तित्व हुने छ । पेआम्दानीमा हुने केही बृद्धिले राहत प्रदान गर्ने छ ।
धनु
शेयर बजार प्रतिकुल नै रहने छ । धन सम्पत्तिका विषयमा लफडा मच्चिन जाने छ । भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । पेशागत जीवनमा मनले चाहे जस्तो वा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ ।
मकर
स्वास्थ्यका कारण अस्पतालजन्य खर्च हुने छ । स्वस्थ खानेकुरा खानेतर्फ ध्यान दिनु होला । मनोबल पनि कमजोर बन्ने छ । पारीवारिक सदस्यहरुका बीच द्वन्द देखा पर्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने प्रकारको छ । पेशागत जीवनमा धेरै जुध्नु पर्ने समय सक्रिय रहेको छ । शेयर बजार सकारात्मक रहने छ ।
कुम्भ
मेहनत र पराक्रम गर्नका लागि मन एकचित्त हुन मन लाग्ने छ । स्वास्थ्यमा सुधार हुने छ । परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि केही बृद्धि हुने छ । शेयर बजार अनुकुल रहने छ ।
मीन
शागत जीवनमा अस्थिरता आउने छ । शेयर क्षेत्र थोरै अनुकुलतातर्फ नै ढल्कने छ । जीवनसाथिको शारीरिक स्वास्थ्य अवस्थाको चुनौतिले कठिनाई उत्पन्न गराउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ ।
प्रतिक्रिया