प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर विस्तार

सोमबार, २८ जेठ २०८१, ११ : ५८

काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

बैंकले २०८१ साल जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

बैंकले २०८१ साल जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले गरेका हुन् ।सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।नयाँ २ एक्सटेन्सन काउन्टर सहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।
 

सोमबार, २८ जेठ २०८१, ११ : ५८

प्रतिक्रिया