आज सबै बैंकको अनलाइन सेवा अवरुद्ध हुने

सोमबार, २८ जेठ २०८१, १२ : १०

काठमाडौं - बाणिज्य बैंकहरुले आज दिउँसो अनलाइन सेवा अवरुद्ध हुने जानकारी दिएका छन् । बैंकहरुले सूचना जारी गर्दै आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन् । फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ । सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपेग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् । ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै ढंगले सञ्चालन हुने बैंकहरुले जनाएका छन् ।


 

सोमबार, २८ जेठ २०८१, १२ : १०

प्रतिक्रिया