एथरको फ्यामिली स्कुटर रिज्टाको उत्पादन सुरू

१ हप्ता अगाडि

 काठमाडौं- भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरको फ्यामिली स्कुटर रिज्टाको उत्पादन सुरू भएको छ ।

कम्पनीका को फाउन्डर तथा सीईओ तरुन मेहताले सामाजिक संजाल एक्स (ट्वीटर)मार्फत रिज्टाको उत्पादन सुरू गरिएको जानकारी दिएका हुन् ।१ लाख १० हजार एक्स शोरुम मूल्य तोकिएको रिज्टा अर्को महिना (जुलाइ)देखि डेलिभरी सुरू गर्ने कम्पनीले बताएको छ ।

कम्पनीले रिज्टा तीन भेरियन्टमा ल्याउने छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट रिज्टाको टप भेरियन्ट हो । कम्पनीले रिज्टा एसको मूल्य १ लाख १० हजार, रिज्टा जेड २।९ किलोवाटको १ लाख २४ हजार र रिज्टा जेड ३.७ किलोवाटको १ लाख ४४ हजार रुपैयाँ मूल्य तोकेको छ ।एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठुलो सिट दिएको छ । योसँगै रिज्टा पहिलो ट्रयाक्सन कन्ट्रोल फिचर भएको स्कुटर बन्न सफल भएको छ ।

रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ । यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया