विशेष फिचरसहितको यामाहाको फेसिनो एस स्कुटर लन्च

मंगलबार, २९ जेठ २०८१, १५ : ००

काठमाडौँ - यामाहाले विशेष फिचरसहितको फेसिनो एस स्कुटर भारतीय बजारमा लन्च गरेको छ । यामाहाले सो स्कुटरमा आन्सर ब्याक फिचर समावेश गरी लन्च गरिएको हो । 

यामाहाको मोबाइल एपमा यामाहा स्कुटर आन्सर ब्याक सुविधा प्रयोग गर्न सकिनेछ । पार्किङ स्थलमा सो एप्लिकेसन भित्र रहेको आन्सर ब्याक फिचर बटन थिचेर सजिलै आफ्नो स्कुटर पत्ता लगाउन सकिन्छ । यसको बटन क्लिक गरिसकेपछि करिब दुई सेकेन्डको लागि स्कुटरको बायाँ र दायाँ दुवै तर्फबाट हर्न बज्न थाल्छ, जसले आफ्नो स्कुटर कहाँ छ भनेर सजिलै पत्ता लगाउन सकिनेछ । यो एप गुगल प्ले स्टोर र एप स्टोरबाट सजिलै इन्स्टल गर्न सकिन्छ।

कम्पनीले सो स्कुटरमा १२५ सीसी एयर कुल्ड फोर-स्ट्रोक एसओएचसी इन्जिन उपलब्ध गराएको छ, जसले ६ किलोवाटको पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरमा फ्युल इन्जेक्सन सिस्टम, स्टपरस्टार्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर सिस्टम जस्ता धेरै फिचर प्रदान गरिएको छ।कम्पनीले आन्सर ब्याक फिचरसहितको यो स्कुटरको एक्स शोरुम मूल्य ९३ हजार ७३० रुपैयाँ तोकेको छ ।

मंगलबार, २९ जेठ २०८१, १५ : ००

प्रतिक्रिया