३० प्रतिशत वडाहरु वर्षौभरि सडक यातायातको पहुँच बाहिर

नेपालमा ३०.६प्रतिशत वडाहरु अहिले पनि वर्षभरि सडक यातयातको पहुँच बाहिर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांकले कार्यालयले सार्वजनिक गरेको २०७८ को राष्ट्रियजनगणनाको वडा स्तरीय तथ्यांकले यस्तो देखाएको हो ।

विहीबार, ३१ जेठ २०८१, १० : २४

काठमाडाैं- नेपालमा ३०.६प्रतिशत वडाहरु अहिले पनि वर्षभरि सडक यातायातको पहुँच बाहिर रहेको तथ्यांकले देखाएको छ ।  राष्ट्रिय तथ्यांकले कार्यालयले सार्वजनिक गरेको २०७८ को राष्ट्रियजनगणनाको वडा स्तरीय तथ्यांकले यस्तो देखाएको हो ।

नेपालमा वर्षैभरि यातायातको पहुँच पुग्ने वडाहरुको संख्या ६९.४ प्रतिशत रहेको छ । त्यस्तै ३० मिनेटको दुरीमा सार्वजनिक यातायातको पहुँचमा पुग्ने वडाको तह ६६.६ प्रतिशत रहेको छ भने स्थानीय र नगर यातयातको पहुँच हुने वडाको तह २४ प्रतिशत मात्र रहेको छ ।

जसमा कोशी  प्रदेशमा ७०.१ प्रतिशत वर्षैभरि यातायातको पहुँच भएको, ६५.५ ३० मिनेटको दुरीमा सार्वजनिक यातायातको पहुँच भएकोर २५.६ प्रतिशत नगर यातायात, त्यस्तै, सुुदूरपश्चिममा ५४ प्रतिशत वडामा यातयात वर्षभरी पुग्ने, ५३ प्रतिशत ३० मिनेटको दुरीमा, र १३.६ प्रतिशत नगर, स्थानीय यातयात, वागमतीमा ७१.८ प्रतिशत वडामा यातयातो पहुँच, ७१ प्रतिशत ३० मिनेटको दुरीमा  यातयातको पहुँच र ३३.३ प्रतिशत नगर यातयात र स्थानीय  यातयातको पहुँच रहेको तथ्यांकले  देखाएको छ ।
लुम्बिनीमा  ८१.३ प्रतिशत वडामा यातयात वर्षैभरि सडक यातयात संचालन हुने रहेको छ भने ७४ प्रतिशत ३० मिनेटको दुरीमा पहुँच रहेको छ भने २५.२ नगर स्थानीय यातयातको भरमा छन् । त्यस्तैसुदूरपश्चिममा १३ प्रतिशत नगर यातयातको सुविधा रहेको छ भने ५३ प्रतिशत ३० मिनेटको दुरीमा सार्वजनिक यातयातको पहुँच रहेको छ भने ५४ प्रतिशत यातयातको पहुँचमा रहेका छन् ।

मेधेशका ८३.३ सबैभन्दा धेरै यातयातको  पहुँच भएको वडाहरुमा पर्दछ ।  ३० मिनेटको दुरीमा जानुपर्ने वडाको संख्या ७८ प्रतिशत र ३३.३ प्रतिशत रहेको छ ।

विहीबार, ३१ जेठ २०८१, १० : २४

प्रतिक्रिया