कुमारी बैंकको असार महिनाका लागि ब्याजदर सार्वजनिक

शुक्रबार, ३२ जेठ २०८१, ११ : ४६

काठमाडौं - कुमारी बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागु हुने गरी गरी ब्याजदर सार्वजनिक गरेको हो ।

जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.०६ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.२६ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.७१ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ प्रतिशत र ३ वर्ष अवधिका लागि ६.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी, जेठ महिनामा अधिकतम ६.२६ प्रतिशत ब्याजदर प्राप्त गर्ने संस्थागत मुद्दती निक्षेपका ग्राहकका लागि असार महिनामा अधिकतम ५.६१ प्रतिशत ब्याजदर तोकिएको छ ।

शुक्रबार, ३२ जेठ २०८१, ११ : ४६

प्रतिक्रिया