काठमाडौँ - बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ९आज० ३२ जेठमा बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको हो ।
बैंकहरुले गत बुधबार मात्रै २४ अर्ब ७५ करोड रुपैयाँ बरावरको अधिक तरलता केन्द्रीय बैंकमा राखेका थिए । उक्त स्थायी निक्षेप मार्फत वित्तीय प्रणालीको अधिक तरलता वयवस्थापन नहुने भएपछि विहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको लागि ३५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन उपकरण जारी गरेको थियो। बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा स्थायी निक्षेप मार्फत ४ दिनका लागि र निक्षेप संकलन उपकरण मार्फत ७ र १४ दिनका लागि केन्द्रीय बैंकमा पैसा राख्छन । यसरी पैसा राख्दा बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधामा ३ प्रतिशत ब्याजदर पाउछन् ।
त्यसैगरी निक्षेप उपकरणमा बोलकबोल मार्फत निर्धारण भएको ब्याजदर पाउछन । पछिल्लो समयमा स्थायी निक्षेपको ब्याजदर भन्दा निक्षेप संकलन उपकरणको ब्याजदर केही माथि छ ।कर्जाको माग नबढ्दा बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । निक्षेप बढिरहे पनि त्यसको अनुपातमा कर्जा प्रवाह नबढ्दा हरेक महिना लगानी गर्न मिल्ने रकम थुप्रिँदै आएको हो । बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप (सीडी) अनुपात ८०.२० प्रतिशत छ ।
प्रतिक्रिया