हिमालयन बैंकको शाखा स्थानान्तरण

आइतबार, ०२ असार २०८१, १५ : ४९

काठमाडौँ -  हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण  बैंकिङ्क सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत शोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजैदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

आइतबार, ०२ असार २०८१, १५ : ४९

प्रतिक्रिया