काठमाडौँ- नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित टोयोटा शोरुममा “एक्सपेरियन्स टोयोटा” आयोजना गरेको छ ।
२०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स८,,बैंकिंग सुबिधा ( १२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरु समेत पाउने छन्।
टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रा.लिको विभिन्न सुबिधाको बारेमा जानकारी गराईने यस कार्यक्रममा ग्राहकलाई यू.टि.एस संग विभिन्न मोडलका गाडीहरु उपलब्द रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध समेत कमपनीले गरेको छ ।
साथै, यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको छ । टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।
प्रतिक्रिया