काठमाडौं- नेपालमा बिक्री हुँदै आएको चिनियाँ ईभी ब्राण्ड ‘जीएसी मोटर्स’ को विद्युतीय कार आयोन वाई मोडेल पाँच लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यो ईभीमा सीमित समयका लागि १० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सकिने अफर ल्याएको हो ।
५८ लाख ५० हजार मूल्य भएको यो गाडीलाई १० प्रतिशत अर्थात् पाँच लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिन्छ । त्यसबाहेक कम्पनीले थप दुई लाख रुपैयाँ छुट समेत उपलब्ध गराउने जनाएको छ । त्यस्तै गाडी एक्सचेन्ज गर्दा दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज टपअपको सुविधा पनि पाइने उल्लेख छ । कम्पनीले गाडी खरिदमा एक वर्षको बीमा र एक वर्षको सडक कर छुटको सुविधा समेत दिएको छ । त्यस्तै यो गाडी खरिद गर्दा सात किलोवाट क्षमताको होम चार्जर र दुई किलोवाटको ट्राभल चार्जर समेत पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर जुन अन्तिमसम्म चल्नेछ ।
के के छन् आयोन वाईका फिचरहरु ?
अधिकतम ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको यो गाडीमा ६१.५४ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री रहेको छ ।
त्यस्तै यसमा १०० किलोवाटको अधिकतम पावर दिने तथा २२५ एनएम पिक टर्क उत्पादन गर्ने मोटर रहेको छ । यो गाडीलाई ७.९ सेकेन्डमा शून्यदेखि १०० किमि प्रति घण्टाको बेगमा लैजान सकिने कम्पनीले जनाएको छ ।
यसको लम्बाइ ४५३५ एमएम, चौडाइ १६७० एमएम र उचाइ १६५० एमएम रहेको छ । यसमा ह्विलबेस २७५० एमएम र ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ ।
युवा तथा प्राविधिक ज्ञान भएका उपभोक्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको टच स्क्रिन डिस्प्ले, ३६० एचडी भ्यु क्यामेरा सिस्टम, एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) लगायतका फिचर रहेका छन् ।
प्रतिक्रिया