बिवाईडीद्वारा अर्बौको कर छली, किन हुँदैन छानविन ?

मंगलबार, ०४ असार २०८१, १३ : ५२

काठमाडौं – नेपालमा सर्वाधिक बिक्री वितरण भइरहेको बिवाईडी गाडीले दुई अर्बभन्दा बढि कर छली गरेको तथ्य फेला परेको छ । तर नियामक निकाय भन्सार विभाग कानमा तेल हालेर सुतेको छ ।  बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी न्यून कर तिरेर कर छली गरेको हो ।

सम्बद्ध सूचाना स्रोतका अनुासर बिवाईडीको एटिटिओ ३ गाडीमा १५० किलोवाटको मोटर रहेको भएपनि ढाँटेर १०० किलोवाट भन्दै कर छली गरेको थियो । नेपालमा सो गाडी सर्वाधिक बिक्री हुने गाडीभित्र पर्दछ ।

आव २०८०।८१ को भन्सार महसुल अनुसार १०० किलोवाट इभी गाडीमा जम्मा १५ प्रतिशत भन्सार १० प्रतिशत अन्तशुल्क मात्रै लाग्दछ । त्यस्तै, सो इभी गाडीमा १५० किलोवाटको मोटर क्षमता अनुसारको भन्सार महसुल २० प्रतिशत र २० प्रतिशत अन्तशुल्क तिर्नुपर्दछ । यसरी साईमेक्स इन्कले बिवाईडीका एउटै गाडीमा १५ प्रतिशत भन्सार शुल्क छली गरेको थियो । भन्सार छलीका लागि बिवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले भन्सारमा झुठो विवरण पेश गरेको थियो । झुठो विवरण पेश गरी गाडी नेपाल भित्राएर उपभोक्तालाई बिक्री गरे पनि सो बापतको थप कर भने गाडी आयात गर्ने कम्पनीले तिर्नुपर्ने भएको छ ।

बिवाईडीकी यमुना श्रेष्ठ कर छलीबारे पत्रकारले जिज्ञाशा राख्न थालेपछि तनाव भएर फोन उठाउनै छोडेकी छिन् । भन्सार कार्यालयमा झुठो विवरण पेश गरेर भित्राएको गाडी सम्बन्धमा भन्सार कार्यालयले छानविन सुरु गर्नुपर्नेमा ढिलाई गरिरहेको छ । भन्सार विभागका प्रबक्ता पुण्य बिक्रम खड्काले नयाँ आयात गर्ने गाडीको सम्बन्धमा बुझेर थप अध्ययन गरेर, सचेत भएर जाँचपास गर्न निर्देशन दिएको स्वीकार गर्दै बिक्री भइसकेको गाडीमा छानविन सुरु नभएको बताए ।
भन्सार विभाग स्रोतका अनुसार विवरण ढाँटेर भन्सार छली गरी भित्राएका गाडीहरुको थप कर असुल गर्ने विषयमा बिवाईडी सहितका गाडी कम्पनीहरुले सेटिङ मिलाएर थप छानविन रोक्न पहल गरिरहेको स्रोतको भनाई छ ।  सो कार्यमा बिवाईडीले राम्रो खर्च गरेको स्रोतको दावी छ । प्रारम्भिक अनुमान अनुसार बिवाईडीले दुई अर्ब भन्दा बढि कर छली गरेको सूत्र बताउँछ । 

उता, भन्सार विभागले गत जेठ ४ गते सबै मातहतका भन्सार कार्यालयलाई लेखेको पत्रमा विद्युतीय गाडीका आयातकर्ताले झुक्याएर भन्सार छली गर्न सक्ने भन्दै सचेत भएर भन्सार शुल्क असुल गर्न निर्देशन दिएको छ ।
बिवाडिको कर छलि सम्बन्धमा जानकारी लिन खोज्दा सञ्चालक यमुना श्रेष्ठ सम्पर्कमै आउन चाहिनन् । 

काठमाडौं – नेपालमा सर्वाधिक बिक्री वितरण भइरहेको बिवाईडी गाडीले दुई अर्बभन्दा बढि कर छली गरेको तथ्य फेला परेको छ । तर नियामक निकाय भन्सार विभाग कानमा तेल हालेर सुतेको छ ।  बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी न्यून कर तिरेर कर छली गरेको हो ।

सम्बद्ध सूचाना स्रोतका अनुासर बिवाईडीको एटिटिओ ३ गाडीमा १५० किलोवाटको मोटर रहेको भएपनि ढाँटेर १०० किलोवाट भन्दै कर छली गरेको थियो । नेपालमा सो गाडी सर्वाधिक बिक्री हुने गाडीभित्र पर्दछ ।

आव २०८०/८१ को भन्सार महसुल अनुसार १०० किलोवाट इभी गाडीमा जम्मा १५ प्रतिशत भन्सार १० प्रतिशत अन्तशुल्क मात्रै लाग्दछ । त्यस्तै, सो इभी गाडीमा १५० किलोवाटको मोटर क्षमता अनुसारको भन्सार महसुल २० प्रतिशत र २० प्रतिशत अन्तशुल्क तिर्नुपर्दछ । यसरी साईमेक्स इन्कले बिवाईडीका एउटै गाडीमा १५ प्रतिशत भन्सार शुल्क छली गरेको थियो । भन्सार छलीका लागि बिवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले भन्सारमा झुठो विवरण पेश गरेको थियो । झुठो विवरण पेश गरी गाडी नेपाल भित्राएर उपभोक्तालाई बिक्री गरे पनि सो बापतको थप कर भने गाडी आयात गर्ने कम्पनीले तिर्नुपर्ने भएको छ ।

प्रतिक्रिया