एनएमबि बैंक र कतार एयरवेजबिच साझेदारी

विहीबार, ०६ असार २०८१, ११ : ०४

काठमाडौँ- एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १०५ सम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् । 
 
छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोशनल कोड त्तच्ल्ःद्यद्दद्ध प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बैंकले जनाएको छ । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउन सक्नेछन् ।  

विहीबार, ०६ असार २०८१, ११ : ०४

प्रतिक्रिया