सिद्धार्थ बैंकको 'सिद्धार्थ रिवार्डस' योजना ‍सञ्चालनमा

विहीबार, ०६ असार २०८१, १२ : ३८

काठमाडौँ - सिद्धार्थ बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक 'सिद्धार्थ रिवार्डस' योजना सञ्चालनमा ल्याएको बताएको छ । बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, सञ्चारकर्मी तथा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी यस योजनालाई सार्वजनिक गरेको हो ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेका खरिद र मोबाइल बैंकिङबाट गरेका टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन्। यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्ने बताइएको छ। 

सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकहरूको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुर्‍याउने बताए। त्यस्तै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक एवं नवीनतम सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको बताए।

विहीबार, ०६ असार २०८१, १२ : ३८

प्रतिक्रिया