बस दुर्घटना हुँदा १७ जना घाइते

विहीबार, ०६ असार २०८१, १६ : ०८

काठमाडौँ- सर्लाहीको बागमती नगरपालिका–१ मा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । रुपन्देहीबाट जनकपुर जाँदै गरेको लु–१ ख ८८४८ नम्बरको बस रोकेर राखेको लहरीसँग ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा रुपन्देही घर भएका ८५ वर्षीय दशरथ कोहार, ५० वर्षीय रामकरण केवट र देवदह नगरपालिका घर भएका ७० वर्षीय कृष्णा चौधरी छन् । बसमा ४० जना सवार थिए । तीमध्ये १७ जना घाइते भएका हुन् ।

विहीबार, ०६ असार २०८१, १६ : ०८

प्रतिक्रिया