मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

विहीबार, ०६ असार २०८१, १८ : ३१

काठमाडौँ - मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. बीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

एक कार्यक्रमकाबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेकले डब्लूएचओको मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ ।

 कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ । वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने छ ।

विहीबार, ०६ असार २०८१, १८ : ३१

प्रतिक्रिया