काठमाडौँ - रौतहटबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ३१ वर्षीय युवक छन् ।
उनलाई बौधिमाई नगरपालिका–७ स्थित बंकुलबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बोर्डर आउट पोष्ट सरमुजवाको टोलीले उनलाई पक्राउ गरेको हो । भारतीय नम्बरको मोटरसाइकलमा उनी भारतबाट नेपाल तर्फ आउँदै थिए ।
प्रतिक्रिया