काठमाडौँ –उपभोक्ताबाट अतिरिक्त शुल्क अुल्दै आएका सुन व्यवसायीहरु नरेन्द्र कुमार गुप्ताको अभियानाबाट अत्तालिएका छन् । गुप्ता श्री सिद्धि सिद्धि ज्वेलर्सका सञ्चालक हुन । उनले सुनको गहना व्यवसायमा जर्तीको नाममा उपभोक्ताबाट अतिरिक्त शुल्क असुल गर्न नहुने भन्दै अभियानको थालनी गरेका थिए ।
तर अन्य व्यवसायीहरुले भने उनको बिरोध गर्दै केही दिन विज्ञप्ति नै जारी गरेका छन् । उनीहरुले उपभोत्तामाथिको लुट जारी नै राख्ने बताएका छन् ।
गुप्ताले जर्तीको शुल्क नलिने घोषणा गरेसँगै यस व्यवसायसँग सम्बन्धित व्यवसायी तरङ्गित बनेका हुन् । वर्षौँदेखि जर्तीको नाममा ग्राहकबाट अतिरिक्त रकम असुलिरहेका उनीहरु यो धन्दा र समग्र व्यापार नै चौपट हुने भएपछि तरङ्गित बन्दै गुप्ताको निर्णय फिर्ता गराउनेतर्फ लागेका हुन् ।
तर, गुप्ताले जर्ती लिने कार्य गर्न नहुने भन्दै अब सुनको गहना बेचेबापत ज्यालाको रुपमा ७ प्रतिशतमात्रै शुल्क लिने निर्णय भएकाले यसबाट पछि नहट्ने बताउँदै आएका छन् । उनले अफरको रूपमा आफूले हाललाई असार १५ गतेसम्म ७ प्रतिशतमै गहना दिने निर्णय गरेको र त्यसपछि पनि जर्तीको नाममा भने कुनै शुल्क नलिने बताए ।
उता कालिगड बचाउ अभियानले यो निर्णयको आलोचना गर्दै बैंकबाट खरिद गरिएको सुनभन्दा सयौँ गुणा बढीको कारोबारका कारण श्री सिद्धि सिद्धि ज्वेलर्स शंकाको घेरामा रहेको दाबी गर्दै छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
अभियानकर्ता गुप्ताले भने सुन व्यवसायको नाममा गलत धन्दा गर्नेहरुले आफूले सुरु गरेको ग्राहकमैत्री कदमको विरोध गरेको बताएका छन् । उनले देशभर २० हजार हाराहारीमा सुन पसल रहेको उल्लेख गर्दै दैनिक प्राप्त हुने कोटाको २० किलो सुन कति वितरण हुन्छ भन्दै प्रश्न गर्ने गरेका छन् । सिद्धि सिद्धि विगत २५ वर्ष देखि एक नम्बर सुन पसलको रूपमा रहेको भन्दै ग्राहकको विश्वासले आफूहरू अहिले पनि अब्बल बन्न सकेको बताए ।
रिद्धि सिद्धि ज्वेलर्स नेपालकै पहिलो आईएसओ प्रमाणित सुन व्यवसायी हो । जसले रसायन रहित तथा १०० प्रतिशत बाई–ब्याक ग्यारेन्टीको गहना उत्पादन गर्दै आएको छ । सदैव ग्राहकको हक हितको लागि तत्पर, सुनको मूल्य अत्यधिक बढेको बेला फेरि पनि ग्राहकको सहजताका लागि ७ प्रतिशत ज्यालामा गहना दिने योजना लिएर आएको गुप्ताको भनाइ छ ।
प्रतिक्रिया