एसीडीको १९औं बैठकमा इरान जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

शुक्रबार, ०७ असार २०८१, १३ : १७

काठमाडौँ - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसीडी) का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औं बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्ने भएका छन्।

उनी इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्रिस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन्। उपप्रधानमन्त्री श्रेष्ठ १२ असारमा स्वदेश फर्कने तालिका छ।

शुक्रबार, ०७ असार २०८१, १३ : १७

प्रतिक्रिया