वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

शुक्रबार, ०७ असार २०८१, १३ : ५३

काठमाडौँ - वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक घर भई काठमाडौंको बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जना पीडितहरूबाट १० लाख३६ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

शुक्रबार, ०७ असार २०८१, १३ : ५३

प्रतिक्रिया