सिरोहियाको मुटु र नागरिकता दुईवटै कमजोर छ : कमेडियन पन्त

शुक्रबार, ०७ असार २०८१, १६ : २५

काठमाडौँ - कमेडियन हिमेश पन्तले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको मुटु र नागरिकता दुई वटै कमजोर रहेका बताएका छन् । 

कमेडी च्याम्पियनमा आफूले गरेको कैलाश सिरोहिया र सम्भव सिरोहिया बाउ छोराको जोक काटिएको भन्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कान्तिपुर अन एयर भएर होला कमेडी च्याम्पियनको सेटमा सिरोहियाको बाउ–छोराको सार्वजनिक जीवनमाथि गरेको जोक नै काटिएछ । बिचमा एउटा लाइन थियो, नभन्दै त्यसले सार्थकता पायो ।’ 

हिमेशले बिहीबार प्रसारण हुने एपिसोडका लागि गेस्ट प्रस्तोताको रूपमा प्रस्तुति दिएका थिए । सो क्रममा उनले सिरोहिया बाउ छोरा माथि कार्यक्रम छायाङ्कनका क्रममा दिएको प्रस्तुति टेलिभिजनबाट प्रसारणको क्रममा काटिएर आएको हो । 

Capture

शुक्रबार, ०७ असार २०८१, १६ : २५

प्रतिक्रिया