काठमाडौँ - चालु आर्थिक वर्षको ११ महिनासम्ममा ११ हजार भन्दा धेरै विद्युतीय गाडी (ईभी) आयात भएका छन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०\८१ मा ११ हजार ४ सय ६६ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका हुन् । भन्सारका अनुसार यो अवधिमा २९ अर्ब ४ लाख ५७ हजार रुपियाँका बिद्युतीय गाडी भित्रिए भने यसबाट १३ अर्ब ६ करोड ७५ हजार रुपियाँ राजश्व संकलन भएको छ ।
यी गाडी चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, अमेरिका र जर्मनीबाट आयात भएका हुन् । आयात भएका विद्युतीय गाडी मध्ये आधा भन्दा धेरै ५१ देखि १०० किलोवाटसम्म मोटर क्षमताका छन् । तथ्याङ्क अनुसार यो मोटर क्षमताका मात्र ६ हजार ८ सय ८५ वटा गाडी आयात भएको हो । यो तथ्याङ्क गत वर्ष भन्दा झण्डै ३ गुणा धेरै हो । गत आर्थिक वर्ष २०७९\८० को ११ महिनामा ३ हजार ८ सय ७० वटा मात्र विद्युतीय गाडी भित्रिएका थिए ।
प्रतिक्रिया