काठमाडौँ - डोल्पाको सेफोक्सुन्डो गाउँपालिका अन्तर्गत पर्ने फोक्सुन्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काइके गाउँपालिका-५ का १२ वर्षीय रुबिना बिष्ट र १० वर्षीय सुबिना बुढा भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए। डेढ किलोमिटर खोलाबाट दुवै जनाको शव निकालिएको र सदरमुकाम दुनै तर्फ ल्याउने काम भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए। प्रहरीका अनुसार दुबै जना आज बिहान खाना खाएर फोक्सुन्डो खोला सरसफाइ गर्न भनेर गएका थिए।
प्रतिक्रिया