अनुमान र पुर्वाग्राहीका आधारमा भ्रम फैलाएको भन्दै शिर मेमोरियल अस्पतालको ध्यानकषर्ण

शनिबार, ०८ असार २०८१, १८ : १७

काठमाडौँ - शीर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रष्टअन्तरगर्त सञ्चालित शीर मेमोरियल एड्भेन्टिष्ट अस्पताल काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका साबिकको वडा नं. १ ९हाल वडा नं. ५० मा सञ्चालन भएको ६४ वर्ष पूरा भइसकेको छ। 

यो अस्पताल सञ्चालनमा स्थानीयको सहयोग र सद्भाव सदा स्मरणीय छ । यो अस्पतालका सम्बन्धमा हाल केही दिनदेखि भ्रमपूर्ण कुराहरु सामाजिक सञ्चालमा आएको सन्दर्भमा अस्पताल ध्यानकषर्ण जनाएको छ । शीर मेमोरियल एड्भेन्तिष्ट अस्पताललाई सार्वजनिक गुठी अन्तर्गत सञ्चालन गर्नुका साथै अन्य सामाजिक तथा कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्न र अस्पताललाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाई गुणस्तरीय सेवा प्रदान गर्ने समेत उद्देश्य भएको शीर मेमोरियल मेडिकल एण्ड एजुकेशनल दृष्ट नामको सांर्वजनिक गुठी मुलुकी देवानी संहिता, २०७४ बमोजिम दर्ता गरी सञ्चालन भइरहेको छ। 

शीर मेमोरियल एड्‌भेन्टिष्ट अस्पताललाई दर्ता गरी सञ्चालन गर्नु भनी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक(पटक निर्देशन दिएको र सोको पालना गर्नुपर्ने भएकोले नै शीर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रष्ट नामक सार्वजनिक गुठी प्रचिलित  कानूनका अधीनमा रही दर्ता गरिएको हो। 

यस्तो गुठीको कानूनी व्यवस्था उक्त संहिताले गरेको र यसको सम्पत्ति कुनै पनि अवस्थामा कसैले निजी रुपमा प्रयोग गर्न सक्दैन। तत्काल अस्पतालको नाउँमा रहेको केही अचल सम्पत्ति र सम्पूर्ण चल सम्पति गुठीको नाउँमा हस्तान्तरण भइसकेको छ भने बाँकी अचल सम्पत्ति समेत गुठीको नाउँमा ल्याउन प्रकृया अगाडि बढाइ सकिएको छ।  यस गुठीको संस्थापनपत्रमा गैरकानूनी तवरले केरमेट गरिएको छैन। सम्बन्धित कार्यालयमा रहेको सक्कल संस्थापनपत्र वा विधानबाट यसको पुष्टि हुनेछ। गुठीको सम्पत्ति गुठी संस्थापक लगायत कोही कसैले लिन खान पाउदैन। गुठी दर्ता गरी गुठी अन्तर्गत अस्पताललाई सञ्चालन गर्नुपरेका कारण साविकको व्यवस्था स्वतः निष्क्रिय भएको हो। 

शनिबार, ०८ असार २०८१, १८ : १७

प्रतिक्रिया