काठमाडाैं -आज वि।सं।२०८१ साल असार महिनाको ९ गते आइतबार, आषाढ कृष्णपक्षको प्रतिपदा तिथि ।
मेष
शेयर बजार अनुकूल रहने छैन् । मनमा खिन्नता देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखा पर्ने छ । प्रतिष्पर्धात्मक स्वाभाव बलियो हुने भएकाले दृढता देखा पर्ने छ । आम्दानीमा अबराध आउने र पेशागत जीवनमा समस्या देखा पर्ने छ ।
वृष
पेशागत जीवनमा केही उतारचढाव देखा पर्न जाने छ । पैतृक सम्पत्ति वा आफैले यसअघि कमाएर राखेको सम्पत्तिले साथ दिने छ । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, प्राध्यापन, प्रशिक्षक, स्टेशनरी पसल, प्रकाशन गृह जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर बजार भने सकारात्मक देखिन्छ ।
मिथुन
पेशागत जीवन भने सामान्य नै रहने छ । आम्दानीमा पनि त्यस्तो नकारात्मक अवस्था आउने छैैन् । बोलीमा भने अलि कडापन देखा पर्ने भएकाले सतर्क रहनु होला । शेयर बजार अनुकुल नै रहेता पनि धेरै उत्साहि हुने भने बेला देखिँदैन ।
कर्कट
आम्दानीमा पनि केही बृद्धि हुन जाने छ । बिनाकारण खर्च भएका वा फसेका धन फिर्ता हुने छ । दाम्पत्य जीवनमा भने केही बिबाद तथा कटुताहरु देखा पर्न जाने छ ।
सिंह
शारीरिक थकान देखा पर्ने छ । मनोबलको कमि हुने छ । आगो, विजुली तथा तातो वस्तुबाट सतर्क रहनु होला । होटल, रेष्टुरेण्ट, बाउन्सर, खेल क्षेत्रमा आवद्ध ब्यक्तिहरुको हकमा समय प्रतिकुल रहेकाले सतर्क रहनु होला । शेयर बजार औसत अवस्थामा रहेको छ ।
कन्या
पारिश्रमिक प्राप्त गर्नमा कठिनाई हुने छ । शेयर बजार अनुकुल रहेको छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । आत्माबलसहितको दृढ ब्यक्ति हुने भएकाले समस्याहरुसँग जुध्न भने निकै तागत प्राप्त हुने छ ।
तुला
शेयर बजार सकारात्मक बन्न पुगेको छ । छोटो यात्रामा निस्कनै पर्ने बाध्यता आउने छ । पेशागत जीवनमा झैझगडा तथा विवाद निम्तिने छ । तर आन्तरिक चतुरता र व्यवस्थापनबाट ती समस्याहरुबाट बाहिर निस्कन सकिने छ ।
वृश्चिक
मनमा दृढ निश्चयताको कमि हुने छ । भाग्यको साथ नहुनाले कार्य सफलता प्राप्त हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा भने केही सफलता मिल्ने भएकाले राहत प्रदान गर्ने छ । पेशागत जीवनमा केही संघर्ष गर्नु पर्ने अवस्था आउन सक्ने छ । सार्वजनिक सवारीसाधन, भाडाका सवारीसाधन, मजदुर परिचालन गर्नु पर्ने काम, ठेक्कापट्टा, छाला जुत्ताको कारोवार जस्ता पेशा ब्यवसायमा रहेकाहरुलाई समय प्रतिकुल छ । शेयर बजार पनि अनुकुल देखिँदैन् ।
धनु
पेशागत जीवन सहज हुने छ । तर लिइएका लक्ष्यहरु भने पुरा हुन कठिन हुन जाने छ । बोलीको प्रभाव नकारात्मक बन्न पुग्ने भएकाले यसबारेमा विचार गर्नु होला । साझेदारीमा गम्भीरखाले समस्या निम्तिन जाने भएकाले सतर्कताको आवश्यकता छ । व्यवस्थापन, राजनीति, बैंक फाइनान्स जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार अनुकुल बन्ने छैन् ।
मकर
कडा खालको स्वाभाव हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव छ । अध्ययन अध्यापनमा अवरोध आउने छ । पेशागत जीवनमा कठिनाईहरु आउने छन् । संचित धनले कठिन समयमा ठुलो काम दिने छ । आम्दानीको विषयलाई लिएर मनमा डर र त्रास उत्पन्न गराउने छ । साझदारीमा गरिएका कामहरुले नतिजा दिन थाल्ने छन् । जीवनसाथिको साथ लिएर काम गरेमा आम्दानीमा बढोत्तरी हुने छ । शेयर बजार अनुकुल बन्ने छ ।
कुम्भ
पेशागत जीवनमा बादबिबाद चर्किने छ । अनावश्यक द्वन्द र बिबादमा होमिनु पर्ने भएकाले यसमा सतर्कतासहित कदम चाल्नु होला । गरिराखेको काम छोडौ छाडौ लाग्ने भएकाले यसबारेमा कुनै गम्भीर निर्णयमा नपुग्नु होला । दृढताको कमि हुने छ । परिवारको साथ रहनाले कठिन समयमा संहालिन ठुलो मद्दत प्राप्त हुने छ । शेयर बजार अनुकुल देखिन्छ ।
मीन
भित्रि बुद्धि सक्रिय हुने हुँदा त्यसले केही राहत दिने हुँदा संहालिन मद्दत पुग्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । घर घडेरीका विषयमा ठोस विचार आउने छ, जुन सकारात्मक बन्न सक्ने छैन् । यस्तो अवस्थामा घर घडेरीमा लगानी हुने रकम फस्ने वा बैना डुब्ने जस्तो अवस्था आउने भएकाले सतर्क रहनु होला । स्टेशनरी, शिक्षा क्षेत्र, अध्यापन, प्रशिक्षण, प्रेस जगतमा संलग्नहरुलाई समय प्रतिकुल रहेकाले सतर्क रहनु होला । शेयर बजार औसत तर सकारात्मक रहेको छ ।
प्रतिक्रिया