सीथ्री एयरक्रस मोडल ल्याउने तयारी

आइतबार, ०९ असार २०८१, ११ : १५

काठमाडौं-  फ्रेन्च कार निर्माता सिट्रोनले इलेक्ट्रीक, हाइब्रिड र पेट्रोल इन्जिनमा नयाँ जेनेरेशन सीथ्री एयरक्रस मोडल ल्याउने भएको छ । कम्पनीले अहिले विश्व बजारमा बिक्री हुँदै आएको सीथ्री एयरक्रसको नयाँ जेनेरेशन मोडल ल्याउन लागेको हो ।

भारतमा केही महिना अघि मात्रै उत्पादन सुरु भएको एयरक्रस सीथ्री पनि इलेक्ट्रीक र हाइब्रिडमा ल्याउने गरी काम भइरहेको मिडिया रिपोर्टहरु बाहिर आएका थिए ।

केहि महिना अघि नै सिट्रोनले नयाँ जेनेरेशन सीथ्री एयरक्रसको आधिकारीक तस्विर बाहिर ल्याएको थियो । अब कम्पनीले नयाँ मोडलको अन्य डिटेल्स सार्वजनिक गरेको हो । अहिले विश्वभर विद्युतीय साधनले चर्चा पाइरहेको समयमा बाहिर आएको टेक्नीकल डिटेल्स अनुसार प्योर इलेक्ट्रीक मोडलमा ४४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री यसमा प्रयोग हुनेछ । कम्पनीले यसमा ८२ किलोवाट पीकपावर भएको मोटर जडान हुनेछ ।

यसको ब्याट्रीलाई फुल चार्ज गर्दा ३०० किलोमिटर माथि रेन्ज दिने कम्पनीको भनाइ छ । यस ईभीले १०० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जर प्रयोग गर्दा केबल २६ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।

यसको हाइब्रिड मोडलमा १।२ लीटर थ्री सिलिण्डर इन्जिन प्रयोग हुनेछ । उक्त इन्जिनले १३४ हर्सपावर प्रदान गर्छ । हाइब्रिड मोडल भएका कारण यसमा २८ हर्सपावरको इलेक्ट्रीक मोटर रहने छ । उक्त मोटरलाई ४८ भोल्टको लिथियम आयोन ब्याट्री प्याकले इनर्जी लिनेछ ।

चल्तीको सेग्मेन्टमा आउने मिडसाइज एसयूभीमा १०१ हर्सपावर दिने १।२ लिटर प्योर टेक टर्बो युरो–७ पेट्रोल इन्जिन हुनेछ । उक्त इन्जिनमा सिक्स स्पीड म्यानुअल गियरबक्स रहने छ ।

नयाँ जेनेरेशन सीथ्री एयरक्रसमा अग्रेसिभ एक्टेरियर, नयाँ डिजाइनको फ्रन्ट फेसिया, मस्कुलर बडी प्यानल, बडी क्लाडिङ, नयाँ डिजाइनको टेलल्याम्प, नयाँ अलोय रहने छ ।

यसको इन्टेरियरमा डिजिटल कन्सोल, टुस्पोक स्टेरिङ ह्वील, १०.२५ इन्चको टचस्कृन डिस्प्ले, वायरलेस चार्जर र थुप्रै नयाँ सेफ्टी फिचरहरु रहनेछन् । नयाँ एयरक्रस अहिलेको भन्दा केहि ठूलो साइजको समेत हुनेछ । यसको लम्बाई ४३९० एमएम र ह्वीलवेस २६७० एमएम लामो हुनेछ । ग्राउन्ड क्लियरेन्स पनि २०० एमएमको हुनेछ ।

आइतबार, ०९ असार २०८१, ११ : १५

प्रतिक्रिया