पत्रकार महासंघको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको आपत्ति

आइतबार, ०९ असार २०८१, १६ : ००

काठमाडौं - अनलाइन पत्रकार संघले नेपाल पत्रकार महासंघद्वारा सार्वजनिक गरिएको मतदाता नामावलीप्रति आपत्ति जनाएको छ। महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सँगै मतदाता नामावलीसमेत सार्वजनिक गरेको थियो।

आइतबार संघले विज्ञप्ति जारी गर्दै आफूहरूले सिफारिस गरेका क्रियाशील पत्रकारलाई सदस्यता नदिने र जानकारीसमेत नगराई मनोमानी ढंगले सदस्यता दिने निर्णय महासंघले गरेको भन्दै आपत्ति जनाएको हो। संघले यसलाई तत्काल सच्याउन पनि माग गरेको छ। संघले विधान अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेर पत्रकारितामा क्रियाशील पत्रकारहरूलाई नयाँ सदस्यको स्वीकृति दिएको भन्दै केन्द्रीय निर्वाचन समितिको ध्यानाकर्षण पनि गराएको छ। आफूहरूले उठाएका जायज र विधानसम्मतका मागलाई सम्बोधन गरी पत्रकार महासंघले हामीलाई चुनावमा भाग लिन उपयुक्त वातावरण निर्माण गर्न संघले विज्ञप्तिमार्फत् आग्रह गरेको छ। 

आइतबार, ०९ असार २०८१, १६ : ००

प्रतिक्रिया