सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान नेपाली बजारमा सार्बजनिक हुँदै

मंगलबार, ११ असार २०८१, १२ : १५

काठमाडौं - एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ लन्च गर्ने भएको छ । 

सेरेस ग्रुप अन्तर्गतको सोकोन ब्रान्डको सो इलेक्ट्रिक भ्यान नेपाल भित्रिए पछि फेरि इलेक्ट्रिक भ्यान सेगमेन्टमा अर्को प्रतिस्पर्धा थपिने छ । एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, दिपाल, सेरेस र फोटोन लगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको छ । 

सेरेस ग्रुपलाई विश्वव्यापी रुपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रुपको रुपमा चिनिन्छ र यो डोङफेङ र सेरेस ग्रुपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो । सेरेस ग्रुप कमर्सियल भेइकलका लागि ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो चाइनिज अटोमोटिभ ब्रान्ड समेत हो । ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको छ । विश्वका ७० भन्दा बढी देश र क्षेत्रमा यी सवारी साधन बिक्री हुन्छन् ।

मंगलबार, ११ असार २०८१, १२ : १५

प्रतिक्रिया