काठमाडौँ - नेपालमा पनि बिक्री शुरु हुने घोषणा भएको चांगान लुमिन ईभी काठमाडौं आइपुगेको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले सो गाडी नेपाल ल्याएको हो ।
केही दिन पहिले यसको मूल्य समेत सार्वजनिक भइसकेको छ । यसको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको सो मूल्य भन्दा कम मूल्य कायम हुने अपेक्षा समेत भइरहेको छ । हाल यसको परीक्षण भइरहेको र केही समय पछि औपचारिक रुपमा लन्च हुने अपेक्षा गरिएको छ ।चांगान लुमिन सिटी कारमा ३५ किलोवाटको मोटर छ । यसमा १७.६५ किलोवाट आवर र २८।०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ ।
दुई भेरिएन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ । यद्यपि कुन भेरिएन्टको गाडी नेपाली बजारमा उपलब्ध हुने भनेर कम्पनीले सार्वजनिक गरेको छैन । यसमा १४ इन्चको ह्विल छ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्फोटेनमेन्ट युनिट समेत छ । भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टले यसको इन्टेरियरलाई अझै लभ्ली बनाएको छ ।
प्रतिक्रिया