काठमाडाैं - सत्ता राजनीतिकमा फेरि एकपटक उथलपुथल हुन सक्ने अबस्थामा पुगेको छ । पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आज नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकेका छन् । बैठक दिउँसो ३ बजे उनकै निवास बूढानिलकण्ठमा बस्नेछ । त्यो भन्दा अघि देउवासहित केही कांग्रेस पदाधिकारी बालकोटमा छलफलगर्ने तयारीमा छन् । त्यसपछि आउने निष्कर्षको आकारमा बैठको रणनीति तय हुने छ ।
सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका भनिएको छ ।
प्रतिक्रिया