आजको भविष्य :यि राशिको आज शेयर बजारबाट कमाउने संम्भावना उच्च ?

विहीबार, २० असार २०८१, ०६ : ०४

काठमाडाैं-आज वि.सं.२०८१ साल असार महिनाको २० गते बिहीबार, आषाढ कृष्णपक्षको त्रयोदशी तिथि, उप्रान्त चतुर्दशी तिथि


मेष 

मनमा दृढताको मात्रा बढ्ने हुँदा कठिनाईमा पनि टिकी रहन उर्जा मिल्ने छ ।शेयर क्षेत्र अनुकुल बन्ने छ ।  

वृष
शेयर क्षेत्र अपेक्षाकृति लाभदायी हुने देखिँदैन् । मनोबल भने कमजोर हुन जाने भएकाले अरुले कमजोर आँक्ने छन् । भाग्यहिनताका कारण मनमा उत्साहको कमि आउने छ ।

मिथुन 
शेयर क्षेत्र अनुकुल रहने छैन् । पेशागत जीवन भने औसत अवस्थाबाट गुज्रने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । 

कर्कट
शेयर क्षेत्रमा केही सकारात्मकता देखिने छ । बौद्धिक र ज्ञानमार्गमा लागेकाहरुको जीवनमा उन्नति हुधेरै जोखिमपूर्ण निर्णयहरु गर्दा धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु होला ।

सिंह
शेयर क्षेत्र सोचे जस्तो प्रतिफलमुखी हुने छैन् । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने भएकाले सतर्क रहनु होला । ।

कन्या
शेयर क्षेत्र औसतमा केही सकारात्मक प्रकृतिको हुने छ ।  भाग्यले साथ नदिएकाले धेरै जोखिमपूर्ण कदम भन्दा औसत जीवनलाई चालु राख्नु नै उचित हुने देखिन्छ ।

तुला
शेयर क्षेत्र उत्साही हुने खालको देखिँदैन् । पेशागत जीवन सकारात्मक बन्ने छ । शागत क्षेत्र पनि औसत खालको हुँदा न त उन्नति न त अधोगतिको अवस्थामा रहने छ ।

वृश्चिक
शेयर क्षेत्र अनुकल रहने छैन् ।त्यसैले पेशागत क्षेत्रमा संयमताका साथै लचक स्वाभाव बनाउनु उपयुक्त हुने छ । आफ्नो लक्ष्य प्रति केन्द्रीत हुन भने मनमा दृढता आउने छ । 

धनु 
शेयर क्षेत्र औसत प्रकृतिको हुने छ ।मनमा दुविधाले सताउँदा व्यक्तित्व पनि दोहोरो खालको हुने छ जसले गर्दा अरुले शंकाको दृष्टिकोणबाट हेर्ने छन् । 

मकर 
शेयर क्षेत्र औसत खालको हुने छ । पेशागत जीवनमा चर्काचर्कीको वातावरण हुने छ । पेशागत क्षेत्रमा मनमा दुविधाका मात्रा बढ्न पुग्ने हुँदा समर्पण भावको कमि हुने छ । 

कुम्भ 
शेयर क्षेत्र प्रतिकुल अवस्थामा रहने छ ।  पेशागत जीवनमा पनि चुनौतिपूर्ण अवस्था आउने छ । 

मीन
साझेदारीमा गरिएका काममा अड्चन र बिबाद आउने छ । प्रतिष्पर्धात्मक क्षमता कायम रहने छ । 

विहीबार, २० असार २०८१, ०६ : ०४

प्रतिक्रिया