कौसी क्वीन–२०८१’को उपाधि  जोशीले जितिन्

शुक्रबार, २१ असार २०८१, १८ : ११

काठमाडौँ - ‘चौथो कौसी क्वीन–२०८१’को उपाधि अञ्जनी जोशीले जितेकी छन् । राजधानीमा आयोजित चौथो संस्करणको ‘कौसी क्वीन–२०८१’ मा उनले अन्य प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

कार्यक्रममा फस्ट रनर अप गंगादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिरे र थर्ड रनर अप कमलमाया श्रेष्ठ भए । विजेतालाई कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साह, सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडी लगायतले पुरस्कार वितरण गरे । 

प्रज्ञान क्रिएसन प्रा.लि.द्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलो खबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ सहभागी रहेका थिए । बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसी खेती गरिरहेकालाई थप प्रोत्साहित गर्न निजी क्षेत्रबाट आफ्नो कम्पनीले कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।

शुक्रबार, २१ असार २०८१, १८ : ११

प्रतिक्रिया