नेपाल टेलिकमको  प्रबन्धक निर्देशक पदमा कसले मार्ला बाजि ?

शनिबार, २२ असार २०८१, ०९ : २३

काठमाडाैं- नेपाल टेलिकमको रिक्त रहेको प्रबन्धक निर्देशक पदमा कडा प्रतिस्पर्धा हुने भएको छ ।  प्रबन्धक बन्नका लागि १७ जनाले उम्मेदवारी दिएका हुन् । उम्मेदवारको आगामी  विहिबारदेखि कार्यमूल्यांन प्रस्तुती र अन्तरवार्ता तोकिएको छ । टेलिकमले रिक्त रहेको पदमा आवेदन दिनका लागि  २२ जेठमा आवेद खुला गरेको थियो । जसमा ७ जनाले इच्छुकले आवेदन दिएका हुन् । 

उम्मेदवारहरुको फरक फरक समयमा गरी ७चरणमा अन्तरवार्ता हुन लागेको हो । पहिलो दिन कार्यमूल्यांकन  उम्मेदवार दिनेमा अनन्त  प्रकाश मल्लिक, अनिल कुमार झा, कमल लामिछाने छन् । त्यस्तै, २१ गते कार्यमूूल्यांकन प्रस्तुत गर्नेमा कृष्णप्रसाद भण्डारी, केदारनाथ कोइराला, चिन्तामणी बराल, नगेन्द्र कुमार दास, प्रेमप्रसाद सिलवाल, बुढीप्रसाद ज अचार्याले फरक फरक समयमा सोही दिन मूल्यांकन प्रस्तु्त गर्ने छन् ।

त्यस्तै शनिबार कार्य मूल्यांकन प्रस्तुत गर्नेमा रमेशप्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन रहेका छन् । त्यस्तै,सोही दिन बिमल आचार्य, शालिक राम सुवेदी, डा।शलिग्राम पराजुली र संगिता पहाडी अर्याल रहेका छन् । राजनीतिक कोर्स सोमबारबाट परिवर्तन भएपछि मन्त्री रेखा शर्माले निकटस्थहरुलाई नियुक्ती गर्ने रणनीतिमा छिन् ।

शनिबार, २२ असार २०८१, ०९ : २३

प्रतिक्रिया