प्रिमियम ईभी स्काइवेलको शोरुम नक्सालमा खुल्दै

शनिबार, २२ असार २०८१, १४ : २५

काठमाडौँ - नक्सालमा अब प्रिमियम ईभी स्काइवेलको शोरुम सञ्चालनमा आउने भएको छ । नक्सालको नारायणचौरमा उक्त शोरुम स्थापना हुने भएको हो ।

स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले उक्त शोरुम सञ्चालनमा ल्याउने भएको हो । उक्त शोरुम आगामी दुई साताभित्रै औपचारिक रुपमा सञ्चालनमा आउने कम्पनी स्रोतको भनाइ छ ।

हाल जी मोटर्सले नेपाली बजारमा स्काइवेलको प्रिमियम ईभी ईटी५ बिक्री–वितरण गरिरहेको छ । स्काइवेल ईटी५ मा ८५।९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। स्काइवेल ईटी५ ले नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

शनिबार, २२ असार २०८१, १४ : २५

प्रतिक्रिया